२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


सातवटै प्रदेशका प्रमुख ७ सहरमा वृक्षारोपण गरिदैं


0
Shares

नेपालगञ्ज, साउन २६ । सहरी विकास मन्त्रालयले सातवटै प्रदेशका प्रमुख ७ सहरमा सौन्दर्यीकरण र हरित नगरीको रुपमा विकास गर्न वृहत वृक्षारोपण अभियान सुरु गरेको छ ।

सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले अभियानको आज नेपालगन्जबाट वृक्षारोपण गरी शुभारम्भ गरे । सौन्दर्य झल्काउने यी बिरुवा भारतको कोलकाताबाट ल्याइएको हो ।

सडक क्षेत्रको खाली ठाउँ, सार्वजनिक स्थल, सरकारी कार्यालय, विद्यालयलगायतका क्षेत्रमा बिरुवा लगाइने मन्त्री राईले जानकारी दिए ।

प्रदेश ५ को नेपालगन्ज, प्रदेश १ को विराटनगर, प्रदेश २ को जनकपुर, प्रदेश ३ को काठमाडौं, गण्डकी प्रदेशको पोखरा, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा १०÷१० हजारका दरले विभिन्न जातका आकर्षक बिरुवा रोपिने छ ।

चालु आर्थिक वर्षभित्रमा वृक्षारोपण गरेर सक्ने मन्त्रालयको तयारी छ ।