५ श्रावण २०८२, सोमबार | Tue Jul 22 2025


आरक्षण बचाउ आन्दोलनका सहभागीहरु पक्राउ (तस्वीरहरु)


0
Shares

काठमाडौं, साउन २६ । लोकसेवा आयोगको विज्ञापनविरुद्ध प्रदर्शनमा उत्रिएका आरक्षण बचाउ आन्दोलनका सहभागीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

विज्ञापनको विरोधमा आज र्‍यालीसहित सिंहदरवार हुँदै लोकसेवा आयोगको कार्यालय घेर्न जाने क्रममा उनीहरुलाई भद्रकालीबाटै प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा नेपाल आदिवासी जनजाति महासंघका उपाध्यक्ष गोविन्द छन्त्याल, नेता कुमार लिङ्देन, दलमर्द्धन कामीसहित १४ जना रहेको प्रहरीले जनाएको छ ।  उनीहरुलाई भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा राखिएको छ ।

संघीयताको मूल मर्म र समानुपातिक समावेशी सिद्धान्त विपरित लोकसेवा आयोगले स्थानीय तहमा कर्मचारी भर्ना गर्न विज्ञापन निकालेको भन्दै विरोध भइरहेको छ ।

प्रहरीले नियन्त्रणमा लिएपछि प्रदर्शनकारीहरुले चर्का नाराबाजी गर्दै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको राजीनामासमेत माग गरेका थिए ।

उनीहरुले सो विज्ञापन खारेज नभएसम्म आफूहरुको आन्दोलन जारी राख्ने चेतावनी दिँदै आएका छन् ।