५ श्रावण २०८२, सोमबार | Tue Jul 22 2025


डा. ज्ञानपुर्णिक महास्थविरलाई धम्ममुदित अभिनन्दन


0
Shares

काठमाडौं, साउन २५ । नेपाल थेरवाद बौद्ध शासनका ७औं संघनायक भिक्षु डा. ज्ञानपुर्णिक महास्थविरलाई धम्ममुदित अभिनन्दन गरिएको छ ।

अखिल नेपाल भिक्षु महासंघले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा पूर्वप्रधानमन्त्री झलनाथ खनाल र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले उनलाई संयुक्तरुपमा अभिनन्दन गरेका हुन् ।

डा. ज्ञानपुर्णिकले नेपाल र विश्वमा बुद्ध सासनिक योगदान गरेवापत अभिनन्दन गरिएको हो ।

गएको वैशाख १ गते उनलाई भिक्षु महासंघबाट संघनायक प्रतिस्थापन विधिसहित संघ सम्मतविघि पूर्वक संघनायक पदावीबाट नियुक्त र विभूषित गरिएको थियो ।

उनले नेपाली, नेपाल भाषा, अंग्रेजी र पाली भाषामा त्रिपिटकमा आधारित ६० भन्दा बढी बौद्ध पुस्तकहरु प्रकाशित गरेका छन् ।