
काठमाडौं । समाजको शान्ति सुरक्षालार्ई सुदृड पार्न सामुदायसँगको सहकार्य प्रभावकारी हुने समाजसेवी एवं विज्ञहरुको धारणा रहेको छ ।
सामुदायिक सेवा केन्द्र वडा नम्बर १६ र २६ ले काठमाडौंमा गरेको कार्यक्रममा सहभागी वक्ताहरुले सामुदायिक प्रहरी सेवा केन्द्रसँगको सहकार्यमा समाजमा शान्ति सुरक्षा कायम गर्न र हिंसात्मक गतिविधिहरु नियन्त्रण एवं निगरानी राख्न सहज हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा सामुदायिक सेवा केन्द्रका अध्यक्ष रामबहादुर रजतले युवाहरुमा वढ्दै गइरहेको लागु औषधको प्रयोग र यसको बेचबिखनलाई निस्तेज पार्न आवश्यक रहेको बताए ।
यसैवीच प्रभु बैकले सामुदायिक सेवा केन्द्रलाई कम्प्युटरलगायत विभिन्न सामग्री हस्तान्तरण गरेको छ । कार्यक्रममा केही समाजसेवीहरुलाई सम्मान पनि गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्