११ श्रावण २०८२, आइतबार | Sun Jul 27 2025


ऊर्जाको विकासबाटमात्र आर्थिक समृद्धि सम्भव : मन्त्री पुन


0
Shares

काठमाडौं, साउन २४ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले ऊर्जाको विकासबाटमात्र आर्थिक समृद्धि सम्भव रहेको बताएका छन् ।

ऊर्जासम्बन्धी शुक्रबार काठमाडौंमा भएको कार्यक्रममा उनले उर्जाको विकासबाटमात्र मुलकको विकास सम्भव हुने बताएका हुन् ।

अरु मुलुकको तुलनामा नेपालमा ऊर्जाको सम्भावना प्रशस्त रहेको भन्दै उनले ऊर्जाको व्यवस्थित विकासका लागि सरकार क्रियाशील रहेको पनि बताए ।

मन्त्री पुनले जलस्रोतको धनी देश भएपनि पर्याप्त उत्पादन गर्न नसकिएकाले ऊर्जामा लगानी गर्न निजी क्षेत्रलाई आग्रहसमेत गरे ।

ऊर्जाको विकासमा सरकारले विशेष योजना बनाएको भन्दै उनले दिगो योजनाबाट ऊर्जासम्बन्धी दिगो लक्ष्य प्राप्त हुने बताए ।

कार्यक्रममा विज्ञहरुले भने ऊर्जाको समुचित प्रयोग हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए ।