११ श्रावण २०८२, आइतबार | Sun Jul 27 2025


कोका–कोलाद्वारा ‘जिग्री प्याक’ सार्वजनिक


0
Shares

काठमाडौं, साउन २४ । कोका–कोलाले देशभरका ग्राहकहरुलाई पेयपदार्थको अनुभव विशेष बनाउने दाबीका साथ ‘जिग्री प्याक’ ल्याएको छ ।

कम्पनीले काठमाडौंमा एक कार्यक्रम गरी सानो जिग्री प्याक ल्याएको हो ।

कम्पनीले आफ्ना उपभोक्तालाई सहज बनाउनका लागि तथा आकर्षक मूल्यमा उक्त प्याक ल्याएको जनाएको छ ।

नेपालका लागि कोका–कोलाका प्रतिनिधि अम्बुज सिंहले जिग्री प्याक नवीनतम् एवं आकर्षक पनि रहेको दाबी गरे ।

४० रुपैयाँ पर्ने उक्त प्याक छिट्टै नै ग्राहकको रोजाइमा पर्ने कम्पनीको दाबी छ ।

कम्पनीले आफ्नो नवीनतम् ‘क्याम्पेन’ पनि सार्वजनिक गरेको छ ।