११ श्रावण २०८२, आइतबार | Sun Jul 27 2025


पुँजीबजार कारोबारमा अनलाइन प्रयोगकर्ता बढ्न थाले


0
Shares

काठमाडौं, साउन २४ । पछिल्लो समय पुँजीबजार कारोबारमा अनलाइन प्रयोगकर्ता बढ्न थालेको जनाइएको छ ।

नेपाल स्टक एक्सचेन्जले अनलाइन प्रणाली कार्यान्वयनपछि बिहीबार हालसम्मकै उच्च कारोबार भएको जनाएको हो ।

नेपालको पुँजीबजारको इतिहासमै बिहीबार नेप्से अनलाइन कारोबार प्रणालीमार्फत् धेरै संख्यामा कारोबार भएको जनाइएको हो ।

यसदिन अनलाइन कारोबारबाटमात्रै २९ हजार ४०० कारोबारबाट ४५ करोड ४६ लाख रुपैयाँ बराबरका १८ लाख ७७ हजार कित्ता सेयर किनबेच भएको जनाइएको छ ।

यसदिन कारोबार संख्यामा रसुवागढी हाइड्रोपावर कम्पनी र सान्जेन जलविद्युत् कम्पनीको सबैभन्दा बढी योगदान रहेको पनि नेप्सेले जनाएको छ ।

यसदिन रसुवागढीकोमात्रै १२ हजार ५०९ ओटा र सान्जेनको ११ हजार ९९१ ओटा कारोबार भएको जनाइएको छ ।