
सर्लाही, साउन २४ । सर्लाहीसहित तराईका विभिन्न जिल्लामा रासायनिक मलको अभाव देखिएको छ ।
धान, उखुलगायतका बालीमा मल राख्ने बेला भएपनि मल अभावका कारण राख्न नपाएपछि कृषक चिन्तित भएका छन् ।
सर्लाहीमा करिब ४६ हजार हेक्टर जमिनमा धानखेती र २५ हजार हेक्टरमा उखु खेती हुने गरेको छ ।
कृषि सामग्री कम्पनी केन्द्रीय कार्यालयबाट समयमा मल उपलब्ध नहुँदा आफूसँग ‘स्टक’ नभएकाले किसानलाई आवश्यक मल दिन नसकेको कृषि सामग्री कम्पनी शाखा सर्लाहीका प्रमुख बज्रमनि लामाको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्