५ श्रावण २०८२, सोमबार | Tue Jul 22 2025


धादिङ बस दुर्घटनाका घाइते ट्रमा सेन्टरमा


0
Shares

काठमाडौं, साउन २४ । धादिङमा शुक्रबार बिहान यात्रीवहाक बस दुर्घटना हुँदा घाइते भएका १६ जनाको काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

उनीहरु अधिकांशलाई हात–खुट्टा, टाउकोमा चोट लागेको छ ।

बीचबाटोबाट उक्त बसमा चढेका घाइते सर्लाही, हरिपुरका भोगेन्द्र चौधरीले बस पानीमा डुबेपछि आफू पौडिएर बाँच्न सफल भएको बताए । चालकको लापरबाहीका कारण दुर्घटना भएको उनको भनाइ छ ।

यस्तै, अर्का घाइते सर्लाहीकै रेशा साहले आफू निदएको बेला बस दुर्घटनामा परेको, बस खस्दै गर्दा ब्युँझिएको र पछि बेहोस अवस्थमा उद्धार भएको बताइन् ।

बसका चालकको पनि ट्रमा सेन्टरकै सघनकक्षमा उपचार भइरहेको छ ।

धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर–३, सलाङघाटस्थित त्रिशूली नदीमा बस खसेर दुर्घटना भएको थियो ।