५ श्रावण २०८२, सोमबार | Tue Jul 22 2025


त्रिशूलीमा बस खस्यो, तीन जनाको मृत्यु, १६ जनाको उद्धार


0
Shares

धादिङ, साउन २४ । धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ३ सलाङघाटस्थित त्रिशुली नदीमा बस खस्दा तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ब्रम्हपुरी नगरपालिका वडा नं. ४ सर्लाहीका राजनारायण रौनियार, सौरभ रौनियार र शोभा रौनियार रहेका छन् ।

मृतकहरु एकै परिवारका रहेको जनाइएको छ । सर्लाहीको मलंगवाबाट काठमाडौंतर्फ जाँदै गरेको ना६ख ७४६९ नम्बरको यात्रुबाहक बस आज बिहान साढे तीन बजे त्रिशुली नदीमा खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेका १६ जनाको उद्धार गरेर थप उपचाका लागि काठमाडौं पठाइएको छ । बसमा सवार अन्यको खोजी कार्य भइरहेको छ ।

सर्लाहीको मलंगवाबाट चलानी हुँदा ३८ जना यात्रु रहेको प्रहरीले जनाएको छ । बसका यात्रुका अनुसार बाटोमा केही यात्रु थपिएकाले बसमा रहेकाहरुको यकिन संख्या भने पत्ता लगाउन नसकिएको प्रहरीले जनाएको छ ।