११ श्रावण २०८२, आइतबार | Sun Jul 27 2025


रारामार्ट नेपालमा पनि


26
Shares

काठमाडौं, साउन २३ । प्रविधिको प्रयोग गरी व्यापारलाई सहजीकरण र सरलीकरण गर्ने दाबीसहित रारा इन्कर्पाेरेसन नेपालले नेपालमा नयाँ ‘अनलाइन सपिङ’ सेवाको सुरुआत गरेको छ ।

कम्पनीले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी ग्राहकहरुलाई स्वास्थ्य बिमासहितको सपिङ सेवाबारे जानकारी गराएको हो ।

कम्पनीले शुक्रबार ‘रारा फ्राइडे’ अनलाइन हाटबजारसमेत सन्चालन गर्ने भएको  छ ।

कम्पनीले उपत्यकामा २४ सै घन्टा निःशुल्क ‘डेलिभरी’ सेवा उपलब्ध गराउने कम्पनीका निर्देशक प्रकाशचन्द्र सापकोटाले जानकारी दिए ।

कम्पनीले यसै वर्षमात्रै ५० हजार ‘प्रडक्ट’हरु ‘लिस्टिङ’ गर्ने जनाएको छ ।

कम्पनीले ग्राहकहरुलाई २५ हजारदेखि एक लाखसम्मको बिमा योजना ल्याएको हो ।

कुनैपनि ग्राहकले २० हजारको सामग्री खरिद गरेपछि २५ हजारसम्मकोे तथा ४० हजारसम्मको सामान खरिद गर्दा ५० हजारसम्म निःशुल्क स्वास्थ बिमा हुने कम्पनीका अध्यक्ष्य प्रदीपजंङ पाण्डेले जानकारी दिए ।

रारामार्टमा करिब २० हजार प्रडक्ट रहेको जनाइएको छ ।