
काठमाडौं, साउन २३ । साताको अन्तिम दिन बिहीबार सेयरबजारमा पुनः गिरावट आयो ।
उतार–चढावबीच बजार परिसूचक नेप्से ९ अंकले ओरालो लागेर १२ सय ३८ मा आएर थामियो । बुधबार नेप्से ३ अंकले सकारात्मक भएको थियो ।
यसदिन कारोबार भएका सबै समूहमा गिरावट आयो । जलविद्युत् समूहमा सबैभन्दा उच्च ७५ अंकको गिरावट आयो ।
निर्जीवन बिमा समूह ३१ अंकले अनि जीवनबिमा समूह पनि २६ अंकले झर्यो । होटल, लघुवित्त, उत्पादनमूलक समूह पनि दोहोरो अंकले ओर्लिए ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १६६ कम्पनीका १८ लाख ७७ हजार कित्ता सेयर जम्मा ४५ करोड ४६ लाख रुपैयाँमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्