११ श्रावण २०८२, आइतबार | Sun Jul 27 2025


सुनको भाउ तोलाको ७० हजार पुग्यो


0
Shares

काठमाडौं । निरन्तर उकालो लागेको सुनको भाउ आज पनि उकालो लाग्यो ।

अन्तर्राष्ट्रिय बजारलाई पच्छयाउदै आज स्थानिय बजारमा छापावाल सुन तोलामा ५ सयले बढेर ७० हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको मुल्य हिजो पनि १५ सयले उकालो लागेर ६९ हजार ५ सयमा कारोबार भएको थियो ।

चाँदी पनि तोलामा १५ रुपैयाँले बढेर ८ सय २५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुन प्रति औंस १५ सय १२ डलर हाराहारीमा कारोबार भइरहेको छ ।

अमेरिका र चीनबीचको व्यापारिक युद्धका कारण सुनको मूल्य बढेको बताइन्छ ।