११ श्रावण २०८२, आइतबार | Sun Jul 27 2025


पुँजीगत लाभकरको समस्या सुल्झाउन धितोपत्र बोर्डलाई अर्थ मन्त्रालयको निर्देशन


0
Shares

काठमाडौं, साउन २२ । अर्थ मन्त्रालयले पुँजीगत लाभकरको समस्या तीन दिनभित्र सुल्झाउन नेपाल धितोपत्र बोर्डलाई निर्देशन दिएको छ ।

आर्थिक वर्ष सुरु भएदेखि नै पुँजीगत लाभकर गणना विवादले सेयरबजार प्रभावित हुँदै आएको छ । नेप्से सूचक र कारोबार दुवै प्रभावित हुँदै आएको हो ।

लगानीकर्ताहरुले विवाद समाधानका लागि नियामक निकाय, मन्त्रालयलगायत सरोकारवालाहरुको ध्यानाकर्षण गराउँदै आएका छन् ।

मन्त्रालयले बोर्डलाई तीन दिनभित्र यससम्बन्धी समस्या समाधान गर्न निर्देशन दिएको र बोर्डले पनि लगानीकर्ताहरुलाई समस्या समाधान गर्ने आश्वासन दिएको जनाइएको छ ।