
काठमाडौं, साउन २१ । महालेखापरीक्षक टंकमणि शर्माले लेखापरीक्षकहरु समयानुकूल परिवर्तन हुँदै जानुपर्नेमा जोड दिएका छन् ।
लेखापरीक्षण गर्नुपर्ने संख्याको तुलनामा लेखापरीक्षकहरुको संख्या अपुग भएको त होइन भन्दै यसतर्फ सोच्नुपर्ने र आचारसंहिताको पूर्णपालनामा उनले ध्यानाकर्षण गराएका छन् ।
नेपाल अडिटर्स एसोसिएसन (अडान)को १४औं स्थापना दिवसका अवसरमा राजधानीमा आयोजित कार्यक्रममा उनले उक्त जोड दिएका हुन् ।
अडानका अध्यक्ष मोहनराज रेग्मीले दर्तावाला लेखापरीक्षकको अनुभव १३ वर्षभन्दामाथि रहेको हालको अवस्थालाई मध्यनजर गर्दै दर्तावाल लेखापरीक्षहरुलाई ‘क’ वर्गमा स्तरोन्नतिका लागि लागि जोडदार माग गरे ।
प्रतिक्रिया दिनुहोस्