
धादिङ, साउन २० । पृथ्वी राजमार्गअन्तर्गत् थाक्रे गाउँपालिका वडा नम्बर–८, चारकिलोस्थित राजमार्गमा आएको लेदोले सवारी–साधन अवरुद्ध बनाएकोे छ ।
ग्रामीण सडक खन्दा व्यवस्थापनमा ध्यान नदिएका कारण कच्चीसडक खनेको स्थानको लेदो माटोले राजमार्ग अवरुद्ध बनाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए ।
उनकाअनुसार डोजरको सहायताले पहिरो पन्छाउने कार्य भइरहेको छ ।
यसैगरी, सोही राजमार्गको चारकिलोमा ना५ख ६६०५ नम्बरको ट्रकले सडकछेउमा रहेको बिजुलीको खम्बामा ठक्कर दिँदा त्यहाँ रहेको दुईओटा खम्बा ढलेकाले सो क्षेत्रमा विद्युत् आपूर्ति बन्द भएको छ ।
खम्बा ढलेपछि सो स्थानमा एकतर्फी सवारी–साधान सन्चालन गरिएको छ । रासस
प्रतिक्रिया दिनुहोस्