Logo १० भाद्र २०८३, बुधबार | Thu Aug 27 2026


कस्तुरीको बिनासहित दुई जना नियन्त्रणमा


0
Shares

काठमाडौं, साउन २० । कस्तुरीको बिना बोकेको आशंकामा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा दोलखा बिगु गाउँपालिका ४ का बाबु नेपाली र बिगु ६ घर भई काठमाडौं मनमैंजु बस्ने रमेश लामा भएको प्रहरीले जनाएको छ ।

काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं. ११ मनमैंजु मालपोत कार्यालयनजिकको प्रतीक्षालयबाट उनीहरुलाई पक्रेको हो । 

प्रतिक्षालयमा बसिरहेका उनीहरुलाई विशेष सुराकीका आधारमा खानतलासी गर्दा उनीहरुको साथबाट कस्तुरीको बिना जस्तो देखिने चार वटा सेतो सेतो देखिने रौंसहितको ७७.४५ ग्रामको चार थान डल्लो वस्तु फेला परेको प्रहरीले जनाएको हो ।

उक्त सामग्रीसहित पाउक्र परेका दुबैलाई थप अनुसन्धानका लागि राखिएको प्रहरी वृत्त लैनचौरका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष सिंह राठौरले जानकारी दिए ।