
काठमाडौं, साउन १९ । पर्यटन वर्ष २०२० का लागि सहयोग पुर्याउन नेपाल वायुसेवा निगम सक्रिय भएको जनाएको छ ।
सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० नेपालको पर्यटन प्रवर्द्धनका लागि सर्वाधिक महत्वपूर्ण अवसर भएकोले निगमले रचनात्मक एवं सृजनात्मक भूमिका खेल्नुपर्ने विषेश अवसरका रुपमा लिएको जनाएको छ । यसका लागि सम्पूर्ण शक्ति लगाउने तर्फ प्रयास केन्द्रित गरेको निगमले आइतबार विज्ञप्तिमार्फत जनाएको हो ।
अन्तर्राष्ट्रियतर्फ निगमले प्रदान गरिरहेको सेवा उल्लेखनीय रहेको भन्दै आन्तरिक तर्फ योजनावद्ध तयारी एवं व्यवस्थापनमा केन्द्रित हुन थालेको जनाएको छ । यसै सन्दर्भमा आन्तरिक उडड्यनतर्फ श्रावण १८ गते चौरझारी र ताप्लेजुङमा परीक्षण उडान गरेको र अन्य पनि गर्दै रहेको जनाइएको छ । अधिकतम क्षेत्रमा आन्तरिक उडान गर्ने व्यवस्था गरी निगमले पर्यटन प्रवर्द्धनमा थप योगदान पुर्याउने लक्ष्य लिएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्