
काठमाडौं, साउन १९ । पूर्व युवराज्ञी हिमानी शाहले प्राकृतिक विपत्तिमा परेकाहरुलाई सहयोग गर्न ‘दैवीप्रकोप उद्धार कोष’ स्थापना गरेकी छन् ।
आइतबार हिमानी कोषको कार्यालय बालुवाटारमा आयोजित पत्रकार सम्मेलनमार्फत उनले दैवीप्रकोप उद्धार कोषबाट विपत्तिमा परेकाहरुलाई सहयोग गर्ने बताइन् ।
पूर्व युवराज्ञी हिमानीले विगतमा देशका विभिन्न भागमा अग्निपीडित र बाढीपीडितहरुलाई सहयोग गरेको स्मरण गराउँदै यो कार्यलाई निरन्तरता दिने बताइन् ।
हिमानी कोषले पूर्वराजा ज्ञानेन्द्रको सन्देशहरु संग्रहित पुस्तकको बिक्रीबाट प्राप्त हुने रकम पीडितहरुलाई सहयोग गर्ने भन्दै दैवी प्रकोपहरुमा सहयोग गर्न सबैलाई आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्