२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


ओम एजुकेसन एकेडेमीद्वारा एसइई उत्तीर्ण विद्यार्थीहरुलाई बिदाइ


0
Shares

काठमाडौं, साउन १८ । ओम एजुकेसन एकेडेमी क्षेत्रपाटीले २०७५ सालको एसइई परीक्षामा उत्तीर्ण विद्यार्थीहरुलाई बिदाइ गरेको छ ।

उनीहरुलाई काठमाडौं महानगरपालिका वडा नम्बर–१७ का वडाध्यक्ष नवीन मानन्धर, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बद्रीनारायण मानन्धर, विद्यालयका संस्थापक प्रिन्सिपल चन्द्ररत्न शाक्य र इमेज च्यानलका महाप्रबन्धक रघुवरभक्त मानन्धरले संयुक्तरुपमा बिदाइ गरे ।

कार्यक्रमका वक्ताहरुले उत्तीर्ण विद्यार्थीहरुलाई शुभकामना दिँदै राष्ट्र र परिवारप्रतिको जिम्मेवारी नबिर्सन आग्रह गरेका थिए ।