
दोलखा । दोलखा गौरीशंकर गाउँपालिका–१ मा गएको पहिरोमा परेर दुई जना वेपत्ता भएका छन् । पहिरोले ३० घरमा क्षति पुर्याएको छ ।
बेपत्ता हुनेमा गौरीशंकर गाउँपालिका–२ का १८ वर्षिय निशान खड्का र ५५ वर्षीय जित खत्री रहेको गाउँपालिकाका वडा अध्यक्ष बसन्त कार्कीले जानकारी दिए ।
पहिरोमा अन्य केही सामान्य घाइते भएका छन् । काठमाडौंबाट जुगुँका लागि छुटेको यात्रुबाहक बस पहिरोले जुँगुखोलामा फसेपछि उद्धारका लागि गएकाहरु पहिरोमा परेका हुन् ।
बेपत्ता भएकाहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक रेशम बोहोराले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्