४ श्रावण २०८२, आइतबार | Mon Jul 21 2025


काठमाडौंको टंकेश्वरमा सवारी चालक तामाङ मृत भेटिए


0
Shares

काठमाडौं । काठमाडौको कालिमाटीस्थित टंकेश्वरमा बुद्धलाल तामाङ मृत अवस्थामा भेटिएका छन् ।

काभ्रे स्थायी घर भएका उनी हाल काठमाडौको वनदेवीमा बस्दै आएका थिए ।

उनलाई आज बिहान स्थानीयले मृत अवस्थामा फेला पारेर प्रहरीलाई खबर गरेका थिए । 

तामाङको मृत्यु बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनी सवारी चालकको रुपमा काम गर्दे आएको प्रहरीको भनाइ छ ।