४ श्रावण २०८२, आइतबार | Mon Jul 21 2025


पासाङल्हामु राजमार्ग स्तरोन्नति नहुँदा जोखिम बढ्दै


0
Shares

सुजित भण्डारी/ईमेज

रसुवा । नुवाकोट र रसुवालाई राजधानीसँग जोड्ने पासाङल्हामु राजमार्ग स्तरोन्नति नहुँदा जोखिम बढ्दै गएको छ ।

काठमाडौंदेखि नुवाकोट हुँदै रसुवाको धुन्चेसम्म १ सय १६ किलोमिटर सडक खाल्डाखुल्डी र पहिरोका कारण असुरक्षित बनेको हो ।

काठमाडौँ देखि नुवाकोटसम्मको ६८ किलोमिटर र नुवाकोटबाट रसुवाको सदरमुकाम धुञ्चेसम्मको ४८ किलोमिटर सडक उचित मर्मतसम्भार नहुँदा जोखिमपूर्ण बन्दै गएको छ ।

ठाउँठाउँमा सडकको कालोपत्रे उप्किएको र  त्यसमाथि  पहिरो खस्दा सडक धरापजस्तै बनेको हो ।

सडकको समयमै स्तरोन्नति नहुँदा यात्रुदेखि सवारी चालक दिक्क भएको माईक्रो चालक रोसन लामाको गुनसाो छ ।

गत वर्ष पासाङ्गल्हामु खण्डअन्तर्गत विभिन्न ठाउँमा गएका साना–ठूला पहिरोका कारण सडकमा त्रासदीपूर्ण यात्रा गर्नुपर्ने बाध्यता भएको छ ।

०२० सालमा त्रिशुली जलविद्युत केन्द्रको निर्माण प्रयोजनको लागि खनिएको पासाङल्हामु राजमार्ग साँघुरो समेत रहेको छ ।

सडक स्तरोन्नतिको लागि जिम्मा पाएका निर्माण कम्पनीले समयमा काम नगर्दा थप समस्या देखिएको हो ।

यता डिभिजन सडक कार्यालय नुवाकोटका प्रमुख निरोज शाक्य भने सडकको उचित संरक्षण हुन नसकेको बताउँछन् ।

कालोपत्रे भएको सडकलाई स्तरउन्नतीको लागी भत्काएर छाडिएको छ ।

दैनिक दुई सयभन्दा बढी सवारी साधनहरू आवतजावत गर्ने यस सडकमा अत्याधिक खाल्डाखुल्डी परेका छन् ।

नुवाकोटबाट काठमाडौँ आवतजावतका गल्छीदेखि देवीघाट र छहरे टोखा सडकखण्ड विकल्पका रुपमा रहेको छ ।

तर ती पनि स्तरोन्नतीको क्रममा रहेकाले सुरक्षाको हिसाबले जोखिमपूर्ण अवस्था देखिन्छ ।