४ श्रावण २०८२, आइतबार | Mon Jul 21 2025


६ सय वर्ष पुरानो घडीघर तथा विहारको संरक्षणका लागि संघर्ष गरिने


0
Shares

काठमाडौं । काठमाडौंको असनस्थित ६ सय वर्ष पुरानो घडीघर तथा विहारको संरक्षणका लागि संघर्ष गर्ने चेतावनी स्थानीयले दिएका छन् ।

असनमा आज भएको विरोध सभाका सहभागीहरुले उनीहरुले आगामी भाद्र ११ गते गुठी संस्थान घेराउ गर्ने र थप संघर्षका कार्यक्रम ल्याउने बताए ।

पुरातात्विक र ऐतिहासिक महत्वको उक्त स्थानमा आधुनिक शपिङ मल बनाउन गुठी संस्थानले ब्यापारीक संस्थालाई दिएपछि स्थानीयले विरोध गर्दै आएका छन् ।

सो विहार स्थानीयले मर्मत संभार गर्ने खोज्दा पनि गुठी संस्थानले नदिएको उनीहरुको गुनासो छ ।

कोथुननी विहार र ठमेलको छाँया कम्पलेक्स बनेको ऐतिहासिक पोखरी बचाउन गरेको सर्वसाधारणको संकलित हस्ताक्षर प्रधानमन्त्री र गुठी संस्थानलाई बुझाउने समेत उनीहरुले बताएका छन् ।