
काठमाडौं । सरकारले सहकारीहरुको ब्याजदरको सिमा पनि तोेकेको छ ।
सहकारी विभागले शुक्रबार पत्रकार सम्मेलन गरेर अब सहकारीहरुले १६ प्रतिशत भन्दा बढी ब्याज लिन नपाउने र बचतमा १० प्रतिशत भन्दा माथी ब्याज दिनुपर्ने व्यवस्था गरेको जनाएको हो ।
साउन १९ गते देखि नै लागु हुने गरी ब्याजदर अन्तर ६ प्रतिशत कायम गरिएको विभागका रजिष्टार डा टोकराज पाण्डेले जानकारी दिए ।
बैंक तथा वित्तिय संस्थाहरुको ब्याजदरलाई आधार बनाई सन्दर्भ ब्याजदर निर्धारण समितीको निर्णयको सिफारिसको आधारमा यो व्यवस्था लागु गरिएको पाण्डेले बताए ।
यो ब्याजदर ३ महिनामा पुनरावलोकन गर्न सकिने पनि विभागले जनाएको छ ।
यस अघी सहकारीहरुले मनलाग्दी ब्याज असुल गर्दै आएको आरोप लाग्दै आएको थियो ।
सहकारीहरुको मनपरी नियन्त्रणका लागि विभागले यस्तो कदम चालेको विभागले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्