Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


अन्तराष्ट्रिय स्तरमा नेपालको पानी लैजाने तयारी


0
Shares

काठमाडौं । खानेपानी मन्त्री बिना मगरले नेपालमा अन्तराष्ट्रिय स्तरको पानी उत्पादनमा लगानी गर्नको लागी आवह्वान गरेकी छन् ।

सरकारको निति तथा कार्यक्रममा नै नेपालबाट पानी निर्यात गर्ने उल्लेख गरिएको भन्दै नेपालको पानी निर्यात गर्न आउने कुनै पनि कम्पनीलाई सरकारले स्वागत गर्ने र सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।

रसुवामा उत्पादित नेचुरल स्प्रिङ वाटर को सुरुवात गर्दै उनले अन्तराष्ट्रिय स्तरमा नेपालको पानी लैजाने तयारी भैरहेको बताएकी हुन ।

हिमाली क्षेत्रमा उत्पादन गरिएको यस पानीको उत्पादन तथा प्याकेजिङ नै आधुनिक प्रविधिबाट गरिएको कम्पनीका अध्यक्ष गणेश भण्डारीको दाबी छ ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले नेपाली निर्यात कम्पनीहरुको पुर्वाधार विकासमा सरकारले सहयोग गर्न आवश्यक रहेको बताइन

नेपालमा नै फरक प्याकेजीङमा उपलब्ध यो पानी जापान दुवई, कतार तथा अन्य खाडी मुलुकहरुमा पनि निर्यात गर्ने तयारी भईरहेको जनाइएको छ ।