११ श्रावण २०८२, आइतबार | Sun Jul 27 2025


सुनको मूल्यमा नयाँ रेकर्डः नेपाली उपभोक्ता निराश


0
Shares

काठमाडौं । चाडवाड नजिकिंदै गर्दा नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

शुक्रबार छापावाल सुन प्रतितोला ६५ हजार ८ सयमा र तेजाबी सुन एक तोलाको ६५ हजार ५ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदी प्रतितोला ७ सय ७० रुपैयाँ कायम भएको संघले जनाएको छ । एक महिनाको तथ्यांक हेर्दा चाँदीको भाउमा पनि लगातार बृद्धि भैरहेको देखिन्छ ।

अन्तराष्ट्रिय बजारमा सुनको भाउ प्रति औंस २२ डलरले बढेर  १४३२ डलर कायम भएकाले नेपाली बजारमा पनि त्यसको असर देखिएको बताइएको छ ।

सुनको मूल्यले नयाँ रेकर्ड बनाएसँगै बजारमा उपभोक्ताको चहलपहल भने घटेको व्यापारीहरु बताउँछन् । चाडवाड नजिकिरहेको बेला मूल्य आकाशिएपछि उपभोक्तामा निराशा छाएको छ ।