१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


उद्योग वाणिज्य महासंघको उपाध्यक्षमा रामचन्द्र, अन्जन र दिनेश विजयी


0
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको दुई उपाध्यक्ष अध्यक्षका उम्मेदवार किशोर प्यानल र एक उपाध्यक्ष चन्द्र ढकाल प्यानलबाट विजयी भएका छन् ।

उपाध्यक्षमा एशोसियट रामचन्द्र संघाई विजयी भएका हुन ।

बरिष्ठ उपाध्यक्षमा संघाईले किशोर प्रधान समुहका सौरभ ज्योतिलाई पराजित गर्दै एशोसियटको उपाध्यक्षमा निर्वाचित भएका हुन् ।

व्यवसायिक घराना त्रिवेणी ग्रुपका संघाईले नेपालको पुरानो व्यवसायिक घराना ज्योति ग्रुपका सौरभ ज्योतिलाई पराजित गरेका हुन् ।

विजयी भएका रामचन्द्र संघाईले ४५५ मत ल्याए भने पराजित भएका सौरभ ज्योतिले ४३४ मत ल्याए ।

जिल्ला नगरमा दिनेश श्रेष्ठ निर्वाचित
जिल्ला नगरको उपाध्यक्षमा दिनेश श्रेष्ठ निर्वाचित भएका छन् ।

बरिष्ठ उपाध्यक्षका उम्मेद्वार किशोर प्रधान समुहबाट जिल्ला नगर उपाध्यक्षमा श्रेष्ठ निर्वाचित भएका हुन् ।

दिनेश श्रेष्ठले ५८ मत ल्याएर चन्द्र ढकाल समुहका गुणनिधी तिवारीलाई पराजित गरे । पराजित भएका तिवारीले ४७ मत ल्याए ।

वस्तुगत तर्फ अन्जन श्रेष्ठ निर्वाचित

महासंघको वस्तुगत तर्फ अन्जन श्रेष्ठ निर्वाचित भएका छन् । किशोर प्रधान समुहबाट अन्जन श्रेष्ठले चन्द्र ढकाल समुहका उमेशलाल प्रधानलाई पराजित गर्दै वस्तुगत तर्फ उपाध्यक्षमा निर्वाचित भएका हुन् ।

१०१ मतमा विजयी भएका अन्जन श्रेष्ठले श्रेष्ठले ६२ मत ल्याए । पराजित भएका उमेशलाल श्रेष्ठले ३७ मत ल्याए ।