
चितवन, साउन १६ । चितवनका दुग्ध किसानहरुले दूधको मूल्य बढाउन माग गरेका छन् ।
लागत मूल्यसमेत पाउन नसकेको भन्दै उनीहरुले मूल्य बढाउन माग गरेका हुन् ।
जिल्ला दुग्ध उत्पादक सहकारी संघले बिहीबार पत्रकार सम्मेलन गरी गाई–भैंसीको दानाको मूल्यवृद्धि हुँदा किसान मारमा परेको भन्दै मूल्य बढाउन सात दिनको म्याद दिएका छन् ।
किसानहरुले प्रतिलिटर ४८ रुपैयाँ ३६ पैसामा दूध बिक्री गर्दै आएकाले लिटरमा १० रुपैयाँ बढाउनुपर्ने माग उनीहरुको छ ।
चितवनमा दैनिक दुई लाख ९० हजार लिटर दूध उत्पादन भइरहेको छ ।
सरकारले दुग्ध सहकारीलाई विद्युुत् महसुलमा ५० प्रतिशत सहुलियत दिने बताएपनि त्यसको कार्यान्वयन हुन सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्