४ श्रावण २०८२, आइतबार | Mon Jul 21 2025


अस्पताल र मृतकका आफन्तबीच सहमति


0
Shares

विराटनगर, साउन १६ । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा सुत्केरी गराउन भर्ना गरिएकी सुनसरी, झुम्काकी पार्वती कार्कीको मृत्यु भएपछि उत्पन्न तनाव सहमतिमा टुंगिएको छ ।

मृतकको उपचारमा लागेको खर्च मिनाहा गर्ने र नवजात शिशुको लालनपालनका लागि आवश्यक रकम अस्पतालले दिने सहमति भएपछि समस्या समाधान भएको हो ।

अस्पतालले मृतकको उपचारमा लागेको २६ हजार रुपैयाँ फिर्ता गरेको छ भने तिर्न बाँकी ९ हजार रुपैयाँ मिनाहा गर्ने सहमति भएको छ ।

त्यसैगरी, नवजात शिशुको लालनपालनका लागि अस्पतालले दुई लाख रुपैयाँ दिएको छ ।

सहमतिपछि मृतकका आफन्तले बिहीबार अपराह्न शव बुझेका छन् ।