Logo २७ असार २०८३, शनिबार | Sat Jul 11 2026


ट्याक्सीमा छुटेको दुई लाख ५० हजार फिर्ता


0
Shares

काठमाडौं, साउन १६ । काठमाडौं उपत्यकामा सन्चालित ट्याक्सीमा छुटेको रु दुई लाख ५० हजार रकम सम्बन्धित धनीलाई बुझाइएको छ ।

उपत्यकामा सन्चालित बा२ज ४१५५ नम्बरको ट्याक्सीचालक सिन्धुली, सुनकोशी घर भइ हाल ललितपुर बस्ने २७ वर्षीय कुलबहादुर श्रेष्ठले रुकुम, सिस्नेका २६ वर्षीय विवेक खड्काको ट्याक्सीमा छोडिएको रकम महानगरीय ट्राफिक महाशाखामा आएर सम्बन्धित धनीलाई फिर्ता गरेका हुन् ।

खड्का बिहीबार बिहान सुन्धाराको सिभिल मलदेखि न्यूरोड जानेक्रममा ट्याक्सीमा रकम छोडेर हिँडेपछि चालक आफैं पैसा फिर्ता गर्न महाशाखा आएका थिए ।

चालकले दिएको रकम महाशाखाका प्रहरी उपरीक्षक रवीकुमार पौडेलले धनी खड्कालाई हस्तान्तरण गरे । रासस