१३ श्रावण २०८२, मंगलबार | Wed Jul 30 2025


पुँजीगत लाभकरसम्बन्धी विवाद टुंगियो


0
Shares

काठमाडौं, साउन १५ । सेयरबजारमा जारी पुँजीगत लाभकरसम्बन्धी विवाद टुंगिएको छ ।

अर्थ मन्त्रालयमा बुधबार भएको सरोकारवालाहरुबीचको छलफलमा पुँजीगत लाभकरसम्बन्धी विवाद टुंगिएको हो ।

पुँजीगत लाभकरमा नेपाल धितोपत्र बोर्डले प्रस्ताव गरेको गणना विधिलाई नै अनुमोदन गर्नेगरी सहमति भएको हो ।

२०६४ साउनदेखि ०७६ असार मसान्तसम्म कारोबार भएका कम्पनीहरुको मूल्यको औसतलाई आधार बनाएर आधार मूल्य निर्धारण गरिनेमा सहमति भएको हो । यो कामको जिम्मा ‘सीडीएसी’लाई नै दिइएको छ ।