४ श्रावण २०८२, आइतबार | Sun Jul 20 2025


प्रधानमन्त्री ओलीले मागे मन्त्री र सचिवहरुसँग कार्ययोजना, जनभावना अनुरुप काम नभएकामा असन्तोष


0
Shares

काठमाडौं । सरकारका कामकारवाहीप्रति सत्तारुढ दलबाट प्रश्न उठिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले सबै मन्त्री र मन्त्रालयका सचिवहरुसँग आ–आफ्ना आगामी कार्ययोजना र विगतका कार्यप्रगतिबारे छलफल गरेका छन् ।

मन्त्रीहरु र सचिवहरुसँगको छलफलमा प्रधानमन्त्रीले चालू आर्थिक वर्षको बजेट कार्यान्वयन र विकासका योजनबारे सामुहिक छलफल गर्दै योजना कार्यान्वयनको लागि प्रतिवद्ध हुन निर्देशन दिएका थिए ।

सिंहदरवारमा भएको छलफलमा हरेक मन्त्रालयहरुले प्रधानमन्त्री समक्ष चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनका योजनाहरु प्रस्तुत गरेका छन् । गत आर्थिक वर्षमा बजेट कार्यान्वयनमा सरकार कमजोर देखिएपछि प्रधानमन्त्री ओलीले मन्त्रीहरुसंग कार्ययोजना मागेका थिए ।

प्रधानमन्त्री ओलीले गत असार २६ गते मन्त्री र सचिवहरुसँग मौखिक कार्ययोजना मागेका थिए । आज भने उनले लिखित प्रतिबद्धता मागेका थिए ।

प्रधानमन्त्री ओलीले दातृ राष्ट्रहरुवाट सहयोग उपलव्ध भइसकेको अवस्थामा पनि सोही अनुसार काम हुन नसकेको भन्दै मन्त्रीहरुको ध्यानाकर्षण गराए ।

मुलुकमा गणतन्त्र स्थापना भएपनि जनभावना अनुरुप काम हुन नसकेकोप्रति उहांले आक्रोश समेत व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले चालु आर्थिक वर्ष र विगतका कामहरुलाई निरन्तरता दिदै प्रमुख आयोजनाहरुको कामहरु गुणस्तरीय र समयमै सम्पन्न गर्न मन्त्रीहरुलाई निर्देशन दिएका थिए ।

प्रधानमन्त्री ओलीले मुलुकमा अस्थिरताको अन्त्य भएपनि के कारणले काममा ढिलासुस्ती भएको भन्दै प्रश्न गरेका थिए ।