११ श्रावण २०८२, आइतबार | Mon Jul 28 2025


विज्ञापनसम्बन्धी बोर्डका सदस्यहरुको कार्यकाल चार वर्ष


0
Shares

काठमाडौं, साउन १४ । प्रतिनिधिसभाअन्तर्गत्को विकास तथा प्रविधि समितिमा विज्ञापन नियमन गर्न व्यवस्था गर्न बनेको विधेयकले प्रस्ताव गरेको विज्ञापनसम्बन्धी बोर्डका सम्बन्धमा बोर्डका सदस्यहरुको कार्यकाल चार वर्षसम्मका लागि हुने विषयमा सहमति जुटेको छ ।

समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकमा बोर्डका पदाधिकारीहरुलाई जुनसुकै बेला सरकारले हटाउनसक्ने व्यवस्थाबारे भने समितिका सदस्यहरुले आपत्ति जनाएका थिए ।

समितिका सदस्यहरुले ताकिएको कार्यसम्पादनमा कुनै सदस्य इमान्दार नभए वा तोकिएको काम नगरे बोर्डले नै उक्त सदस्यलाई हटाउने वा राख्नेबारे अन्तिम निर्णय लिनसक्ने व्यवस्था गर्न समितिको ध्यानाकर्षण गरेका थिए ।