Logo २७ असार २०८३, शनिबार | Sun Jul 12 2026


कक्षा–१२ को नतिजा सार्वजनिक


0
Shares

भक्तपुर, साउन १३ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा–१२ को नतिजा सार्वजनिक गरेको छ ।

बोर्डले गत वैशाखमा लिएको परीक्षाको नतिजा सोमबार सार्वजनिक गरेको हो ।

बोर्डले गत वर्षबाटै ‘ग्रेडिङ’मा नतिजा सार्वजनिक गर्न थालेको हो । यस वर्ष पनि ग्रेडिङमा नतिजा सार्वजनिक गरेको छ ।

नतिजाअनुसार नियमिततर्फ परीक्षामा सहभागी दुई लाख ९२ हजार १५३ मध्ये ३.६१ देखि ४.०० जीपीएसम्म अंक ल्याउने विद्यार्थी जम्मा तीन हजार ६७ रहेको बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिए ।

उनकाअनुसार ३.२१ देखि ३.६० जीपीए ल्याउने विद्यार्थीको संख्या १६ हजार २०४ रहेको छ ।

नतिजाअनुसार सबैभन्दा बढी अर्थात् ८६ हजार २२७ विद्यार्थीले २.०१ देखि २.४० जीपीए ल्याएका छन् भने १.६१ देखि २.०० जीपीए ल्याउने विद्यार्थीको संख्या ६२ हजार ६१९ तथा २.४१ देखि २.८० जीपीए ल्याउने ५६ हजार ५०३ विद्यार्थी रहेका छन् ।

त्यस्तै, ६२ हजार ६१९ विद्यार्थीले १.६१ देखि २.०० जीपीए, १९ हजार विद्यार्थीले १.२१ देखि १.१६० जीपीए, तीन हजार ५२४ विद्यार्थीले ०.८१ देखि १.२० जीपीए र १३ हजार ३६२ विद्यार्थीले ०.८० भन्दा कम जीपीए ल्याएका छन् ।

परीक्षामा नियमित, ग्रेडवृद्धि र आंशिकतर्फ गरी कुल चार लाख २८ हजार ६७ परीक्षार्थी सहभागी रहेको र ग्रेडिङ पद्दतिअनुसार ९ तहको ग्रेडअनुसार नतिजा सार्वजनिक गरिएको शर्माले बताए ।

ग्रेडवृद्धितर्फ ७८ हजार ७४४ परीक्षार्थी परीक्षामा सहभागी थिए ।

बोर्डले ५७ हजार १७० परीक्षार्थीले आंशिक परीक्षा दिएकामा २३ हजार ९१५ विद्यार्थी उत्तीर्ण भएको जनाएको छ ।

आंशिकतर्फ ४१.८३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । रासस