
काठमाडौं, साउन १३ । नेपाल–भारतबीच पारवहनसम्बन्धी समस्या समाधान गरी व्यापार सहजीकरण गर्ने उद्देश्यका साथ काठमाडौंमा लजिस्टिक सम्मेलन गरिएको छ ।
सम्मेलनले नेपाल–भारतबीच व्यापार प्रवर्द्धनमा सघाउ पुग्ने अपेक्षा गरिएको छ ।
पूर्वउद्योग, वाणिज्य तथा आपूर्तिसचिव पुरुषोत्तम ओझा यस सम्मेलनले पारवहनका क्षेत्रमा विद्यमान समस्या न्यूनीकरण गरी द्विपक्षीय व्यापार प्रवर्द्धनमासमेत सघाउन पुग्ने विश्वास व्यक्त गर्छन् ।
यसले नेपालको पारवहन लागत घटाउनका लागि पहल हुने तथा पूर्वाधारको विकासमा सहयोग पुर्याउने अपेक्षा गरिएको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्