काठमाडौं, साउन १३ । सोमबार सेयरबजारमा सामान्य सुधार आयो ।
नेप्से सामान्य अंकले सकारात्मक रह्यो भने कारोबार औसत नै रह्यो ।
उतार–चढावबीच बजार परिसूचक नेप्से ३ अंक बढीले सकारात्मक रहेर १२ सय ५५ कायम भयो ।
जीवनबिमा, उत्पादनमूलक र सामूहिक लगानी कोषबाहेक अरु समूह हरियो रहे । लघुवित्त समूह २३ अंकले बढे पनि अरु सामान्य अंकले हरियो रहेका हुन् । होटल समूह स्थीर रह्यो भने जीवनबिमा समूह दोहोरो अंकले ओरालो लाग्यो ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १६६ कम्पनीका १२ लाख कित्ता सेयर ३५ करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्