
काठमाडौं । आइतबार सेयर बजारमा ६ अर्ब ९० करोड रुपैंयाँको कारोबार हुँदा लगानीकर्ताले कमिसन मात्रै करिब ६ करोड ४२ लाख रुपैंयाँ ब्रोकरलाई बुझाए ।
त्यस्तै गत विहीबार ६ अर्ब ११ करोडको कारोबार हुँदा ब्रोकरले कमिसनवापत मात्रै ६ कारोड रुपैंयाँभन्दा बढी उठाए ।
मुलुकमा रहेका ५० वटा ब्रोकरले औसतमा दैनिक १० लाख रुपैंयाँ कमाइरहेका छन् ।
अझ केही ठूला ब्रोकरको दिनकै आम्दानी करोड हाराहारीमा पुग्ने गरेको छ । सेयर कारोबारमा औसत ब्रोकर कमिसन ० दशमलव ४५ प्रतिशत छ ।
तर यो कमिसन सेयर किन्ने तथा बेच्ने दुवैले तिर्नुपर्ने हुनाले वास्तविक कमिसन ० दशमलव ९० प्रतिशत हाराहारीमा आउँछ ।
दोस्रो बजारमा सेयर कारोबार गर्दा लगानीकर्ताबाट ब्रोकरले लिने कमिसन अत्याधिक भएको लगानीकर्ताको गुनासो छ ।
पछिल्लो समय कारोबार रकम अत्याधिक हुन थालेको तर अनलाइन कारोबारले ब्रोकरको भूमिका पनि घटेको कारण ब्रोकर कमिसन घटाउनुपर्ने आवाज पनि उठ्ने गरेको छ ।नयाँ पत्रिका दैनिकबाट
प्रतिक्रिया दिनुहोस्