Logo २० आश्विन २०८३, मंगलबार | Wed Oct 7 2026


निर्मला हत्याकान्डको अनुसन्धान जारी छ : गृहमन्त्री


0
Shares

काठमाडौं, साउन १३ । गृहमन्त्री रामबहादुर थापाले कन्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछिको हत्यालगायतका घटनाको छानबिन निरन्तर चलिरहेको बताएका छन् ।

सोमबार राष्ट्रियसभाअन्तर्गत्को प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा सांसदहरुले निर्मला हत्याकान्ड, पूर्वराजदूत केशव झाको हत्या, नेकपा सांसद निरुदेवी पाललाई गत वर्ष पेस्तोल ताकेकोलगायतका घटनाको अनुसन्धान प्रगतिबारे जिज्ञासा राखेपछि मन्त्री थापाले सबै घटनाको अनुसन्धान जारी रहेको बताए ।