Logo ५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026


डडेल्धुरामा तालिमका लागि बजेट अभाव


0
Shares

डडेल्धुरा, मंसिर ५ । स्वरोजगारका लागि आवेदन फाराम भरेका डडेल्धुराका युवाहरुलाई बजेट अभावमा तालिम सञ्चालन गर्न समस्या भएको छ ।

जिल्लास्थित सरकारी कार्यालय घरेलु तथा साना उद्योग कर्यालयमा नियमित कार्यक्रमअन्तर्गत् खोलिएको उद्यमी र उद्यमशीलता तालिमका लागि जिल्लाभरिबाट करिब ३२ सयजनाको आवेदन परेको छ ।

तर, आवश्यक बजेट नहुँदा तालिममा सहभागिताका लागि हजारौं युवाहरुले दिएको आवेदन कार्यक्रम प्रभावित भएको छ ।

घरेलु तथा साना उद्योग कार्यालयमा अल्लो प्रशोधन, मसालावाली, ढाका बुनाइ, सिलाइ–कटाइ, कपाल कटिङ, ब्यूटिसियन, बेतबाँस, च्यूरी प्रशोधनदेखि ड्राइभिङ, साइनबोर्ड पेन्टिङ, फोटो तथा भिडियोग्राफीलगायतका विभिन्न ४२ विषयमा सीप विकास तालिमका लागि माग गरिएको थियो ।

बजेट अभाव भएपछि फारम भरेका विद्यार्थीहरु अलपत्र परेका छन् ।

जिल्लाका विभिन्न स्थानीय तहका विषयगत शाखा र कार्यालयमा सम्पर्क राखी घरेलु तथा साना उद्यमीतर्फ तीन हजार १९७ जना युवाहरुले निवेदन दिएका थिए ।