११ श्रावण २०८२, आइतबार | Mon Jul 28 2025


नेपाल अण्डा उत्पादक संघको अध्यक्षमा केसी निर्वाचित


0
Shares

चितवन, साउन १२ । नेपाल अण्डा उत्पादक संघको केन्द्रीय अध्यक्षमा शिवराम केसी निर्वाचित भएका छन् ।

चितवनको रत्ननगरमा भएको १५ औँ विशेष साधारणसभा तथा अधिवेशनबाट केसी अध्यक्षमा निर्वाचित भएका हुन् । आफ्ना प्रतिस्पर्धीलाई २१४ मतको फराकिलो अन्तरले पराजित गर्दै केसी निर्वाचित भएका हुन् ।

कुल खसेको ५९० मतमा केसीले ३९७ मत प्राप्त गरेका थिए भने उनका प्रतिद्वन्द्वी रघुनाथ भट्टले १८३ मत प्राप्त गरे ।

केसी र भट्ट नेतृत्वको दुई प्यानल निर्वाचनमा भिडेकोमा केसीको प्यानल नै विजयी भएको हो ।