२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


गुल्मीमा पहिरोले घर भत्किंदा एक जनाको मृत्यु, पाँच घाइते


0
Shares

गुल्मी । गुल्मीको कालीगण्डकी गाउँपालिका–७ छापचौरमा पहिरोले घर भत्किँदा एक जनाको मृत्यु भएको छ ।

गएराति गएको पहिरोले भुषकुमारी परियारको घर भत्किँदा १३ वर्षीय चुन्न परियारको मृत्यु भएको हो । घटनामा पाँच जना घाइते भएका छन् ।

घाइते हुनेमा २८ वर्षीया खिमा परियार, ३३ वर्षीय प्रदिप परियार, १२ वर्षीय साजन परियार, एक वर्षीया सोनी परियार र २५ वर्षीया भेषकुमारी परियार रहेको प्रहरीले जनाएको छ । उनीहरुको पाल्पास्थित मिसन अस्पतालमा उपचार भइरहेको छ ।