२५ बैशाख २०८२, बिहिबार | Fri May 9 2025


१४४२ जना कोरोना संक्रमित थपिए, १२ जनाको मृत्यु


0
Shares

काठमाडौं, मंसिर ३ । पछिल्लो २४ घण्टामा १४४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४४२ जना संक्रमित थपिएका छन् ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख १२ हजार ९१७ पुगेको छ ।

२४ घण्टामा जम्मा ६ हजार ७३१ पीसीआर परीक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार हालसम्म १६ लाख २३ हजार ७५४ जनाको पीसीआर परिक्षण गरिएको छ ।

सक्रिय संक्रमितको संख्या २८ हजार ८७८ छ ।

पछिल्लो २४ घण्टामा ३ हजार ५३८ जना कोरोनामुक्त भएका छन् ।

योसँगै कोरोनामुक्त हुनेको संख्या १ लाख ८२ हजार ७८० पुगेको छ ।

पछिल्लो २४ घण्टामा १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमणबात मृत्यु हुनेको संख्या १२५९ पुगेको छ ।