Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


पथलैया–वीरगन्ज औद्योगिक करिडोरका ७० प्रतिशत उद्योग ‘भीसीटीएस’मा आवद्ध


0
Shares

प्रकाश लम्साल (इमेज)

बारा, साउन ११ । पथलैया–वीरगन्ज औद्योगिक करिडोरका ७० प्रतिशत उद्योग भेहिकल ट्रयाकिङ प्रणाली (भीसीटीएस)मा आवद्ध भएका छन् ।

सरकारले यही साउन १ गतेदेखि अनिवार्य गरेको यो प्रणालीमा यस औद्योगिक करिडोरका उद्योगी सहभागी भएका हुन् ।

नक्कली बिल–बीजक जारी गरी वा भन्सार छलेर अर्बौंको राजश्व चुहावट गर्ने तथा विभिन्न तरिकाले हुने आर्थिक अपराध रोक्न सरकारले ल्याएको नयाँ व्यवस्थामा करिडोरका उद्योगहरुले उत्साहजनकरुपमा भीसीटीएस सुरु गरेको राजस्व अनुसन्धान कार्यालय पथलैयाले जनाएको छ ।

कार्यालयका प्रमुख राजन बिसीले औद्योगिक करिडोरका ७० प्रतिशत उद्योगले यो सेवा सुरु गरिसकेको भन्दै अरु उद्योगी पनि विस्तारै आउने विश्वास व्यक्त गरे ।

सरकारले यस प्रणालीमा आवद्ध हुन तीन महिनाको समय दिएको छ ।

तीन महिनाको अवधिमा यस क्षेत्रका सबै उद्योगी–व्यवसायी यस प्रणालीमा आवद्ध हुने उद्योग वाणिज्य संघले जनाएको छ ।