१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


केसीसी एक्जिविट : कान्तिपुर सिटी कलेजका विद्यार्थीको प्रोजेक्ट प्रदर्शनीमा


0
Shares

काठमाडौं, साउन १० । कान्तिपुर सिटी कलेजले ‘निपूर्ण विचार, दिगो उपाय’ नाराका साथ केसीसी एक्जिविटको आयोजना गरेको छ ।

एक्जिविटको खेलकुदमन्त्री जगतबहादुर सुनारले उद्घाटन गरे । कार्यक्रममा मन्त्री सुनारले एक्जिविटले कलेजमा अध्ययनरत विद्यार्थीको प्रतिभाको मूल्यांकन गर्न सकिने बताए ।

उनले प्राविधिक शिक्षाबाट समाज र मुलुक रुपान्तरण गर्न सकिने बताए ।

दुई दिनसम्म चल्ने एक्जिविटमा कलेजका विद्यार्थीले आफ्नो प्रोजेक्ट प्रदर्शनीमा राखेका छन् । सूचना, प्रविधि, इलेक्ट्रोनिक्स र सिभिल इन्जिनियरिङमा अध्ययनरत विद्यार्थीका ३० वटाभन्दा बढी फुड स्टल, गेम स्टल र प्रविधिका स्टल राखिएका छन् ।

२० हजारभन्दा बढीले स्टल अवलोकन गर्ने कलेजले जनाएको छ ।

प्रदर्शनीमा क्यूआर कोडबाट रेष्टुराको अर्डर ब्यवस्थापन, दर्ता चलानी, रोबोट, होम अटोमेसन, कोटेश्वरमा ट्राफिक व्यवस्थापन, आकासे पानी संकलन, स्मार्ट सिटी नमुना, पुनर्निमार्णका लागि नेपाली घरको नमुनालगायतका प्रोजेक्ट राखिएको कलेजले जनाएको छ ।