४ श्रावण २०८२, आइतबार | Sun Jul 20 2025


अस्पतालमा सुत्केरीको मृत्यु भएपछि आक्रोसित स्थानीयबासीद्वारा त्रिशुली–गल्छी सडक बन्द


0
Shares

नवराज छत्कुली

धादिङ, साउन १० । त्रिशुली अस्पतालको लापरबाहीका कारण ३५ वर्षीय सुत्केरीको मृत्यु भएको भन्दै नुवाकोट बेल्कोटगढी–७ महादेवफाँटका स्थानीयले बिहानैदेखि मुख्य सडक बन्द गरेका छन् ।

स्थानीयबासी भेला भई महिलाको घर नजिकै सडकमा टायर बालेर गल्छी–त्रिशुली सडक बन्द गरेका हुन् ।

बिहीबार ३५ वर्षीय गोमा बस्ती सुत्केरी भई अस्पतालले थप उपचारका लागि शिशुलाई काठमाडौं पठाए पनि आमा सामान्य छन् भन्दै अस्पताल मै राखेको थियो । अत्यधिक रक्तस्रावले थलिएकी सुत्केरीलाई लापरबाहीपुर्ण तवरले अस्पताल मै राखेको कारण उनको मृत्यु भएको स्थानीयको आरोप छ । 

मृतक महिलाका आफन्तले दोषीमाथि कारवाहीको माग गरेका छन् ।