१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


समाजसेवामा युवा


0
Shares

प्रतीक्षा खनाल र नवीन स्थापित (इमेज)

काठमाडौं, साउन ८ । १२ देखि १९ वर्ष समूहका अधिकांश युवा अध्ययन तथा आफ्नै निजी सौख पूरा गर्ने दौडमा हुन्छन् ।

अपवादबाहेकका युवा आफ्ना आवश्यकता लागि परिवारमाथि निर्भर हुन्छन् ।

तिनै अपवादमा केही युवाहरु यस्ता पनि छन्, जसले समाजमा योगदान दिन कस्सिएका छन् ।

समाजमा केही योगदान गर्न वा सामाजिक सेवाका लागि धेरैले जीवनको उत्तरार्धको समय खर्चिने गर्छन् ।

युवावस्थामा अध्ययन, रोजगारी तथा सौख पूरा गर्नमै व्यस्त रहने र उमेर ढल्किएपछि समाजसेवामा लाग्ने प्रचलन छ ।

तर, केही युवा यस्ता पनि छन्, जो कलिलो उमेरदेखि नै समाजमा सकारात्मक योगदान दिँदैछन् ।

तिनैमध्येकीे एक हुन्, १८ वर्षीया प्रशंसा केसी । उनले १२–१३ वर्षको उमेरदेखि नै रुकुममा दह्रोसँग जरा गाडेको बालविवाह र अपहरण विवाहविरुद्ध जनचेतना जगाउने कार्य गर्दै आएकी छिन् ।

उनले यो अभियानको सुरु गर्दाको समय र हालको परिस्थितिमा थोरै भएपनि परिवर्तन आएको प्रशंसा बताउँछिन् ।

बाल्यकालमा परिवारभित्रै घटेको अपहरण विवाहको घटनाले उनलाई यस कार्यमा प्रेरित गरेको प्रशंसा बताउँछिन् ।

समाजमा जरो गाडेर बसेको कुरीति हटाउनका लागि गरिने संघर्ष सहज नभएको उनको अनुभव छ । फेरि पनि यसकाविरुद्ध डटेर आवाज उठाउने प्रशंसाको अठोट छ ।

त्यस्तै, अर्का युवक हुन्, १९ वर्षीय सुदर्शन सुबेदी । उनले वातावरणको महत्व बुझेर यसको संरक्षणमा स्कुले बालबालिकाको सहभागिता जुटाइरहेका छन् ।

उनीहरुलगायतका कयौं युवा समाजमा परिवर्तन ल्याउन तल्लिन छन् । आफ्नो योगदानले सकारात्मक परिवर्तन ल्याउने आशामा उनीहरु क्रियाशील छन् ।

यी युवाहरुलाई प्रोत्साहित गर्ने उद्देश्यले हरेक वर्ष ‘ग्लोकल टिन हिरो’ आयोजना हुने गरेको छ ।

१२ देखि १९ वर्ष उमेर समूहका युवाले समाजकल्याणमा गरेका कामलाई अन्तर्राष्ट्रियस्तरमा पुर्‍याउन टिन हिरोले भूमिका खेल्ने आयोजकको भनाइ छ ।

भिडियो हेर्नुहोस्