Logo २० आश्विन २०८३, मंगलबार | Wed Oct 7 2026


सर्लाही र रौतहटमा नेवि संघको स्वास्थ्य शिविर


0
Shares

काठमाडौं ।  सोमबार रौतहट पुगेर एकहजार बढी बाढी प्रभावितहरुलाई निःशुल्क स्वास्थ्य शिविर संचालन गरेका नेविसंघका नेताहरुले मंगलबार सर्लाहीमा करिब आठसय जनालाई स्वास्थ्य सेवा प्रदान गरेका छन् ।

सर्लाहीको धनकोल गाउँपालिका–३ मा उनीहरुले मंगलबार दिनभर बाढी प्रभावितलाई स्वास्थ्य सेवा प्रदान गरेका हुन् ।

३७औं बीपी स्मृति दिवसका अवसर पारेर उनीहरु त्रिवि शिक्षण अस्पताल महाराजगन्जका ६ जना चिकित्सकहरुको टोली लिएर गएका हुन् ।

अविरल वर्षापछि अतिप्रभावित भएको धनकोल करिब एक हजारजना बढीले सेवा लिएको स्वास्थ्य शिविरका अगुवा तथा नेविसंघका नेता दीपक भट्टराईले जानकारी दिए

भट्टराई सहित नेविसंघका नेताहरु मनोजमणि आचार्य, प्रतिमा गौतम, हरिहर शर्मा, उज्वलराज घिमिरे, भोला नेपाल, कल्पना खड्का, पवन नेपालीलगायतको टोली आइतबार साँझ रौतहट पुगेको थियो ।

रौतहटको गढीमाई नगरपालिका–३, लक्ष्मीपुरमा सोमबार एकहजार जनाले स्वास्थ्य सेवा लिएका थिए । सर्लाहीमा पनि करिब ७ सय जनाले सेवा लिएका छन् ।

आफूहरुले सानो भएपनि सेवाभावका दृष्टिले बीपी कोइरालाको स्मरणमा स्वास्थ्य शिविर आयोजना गरेको भट्टराईले जानकारी दिए ।

उनले भने, ‘पीडामा रहेको मधेशलाई मल्हम लगाउन सानो भएपनि कार्यक्रम आयोजना गरेका हौं ।’