Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


‘एनआइसी एसिया ब्यालेन्स फन्ड’को सार्वजनिक निष्कासन


0
Shares

काठमाडौं, साउन ७ । ‘एनआइसी एसिया ब्यालेन्स फन्ड’अन्तर्गत् सन्चालन हुने दोस्रो बन्दमुखी योजना एनआइसी एसिया ब्यालेन्स फन्ड निष्कासन गरेको छ ।

कम्पनीले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरेर प्रतिइकाइ मूल्य १० को १२ करोड ५० लाख इकाइ फन्ड निष्कासन गरेको जानकारी गराएको हो ।

१२ करोड ५० लाख इकाइमध्ये १५ प्रतिशत कोष प्रवर्द्धक एनआइसी एसिया बैंक लिमिटेड तथा योजना व्यवस्थापक एनआइसी एसिया क्यापिटललाई सुरक्षित राखी बाँकी न्यूनतम् १० करोड ६२ लाख ५० हजार इकाइ बिक्री खुला गरेको हो ।

बिक्री आवेदन मंगलबारबाट आइतबारसम्म दिन सकिने र पर्याप्त मात्रामा आवेदन नपरेमा इकाइको निष्कासन तथा बिक्री भदौ ५ गतेसम्म रहने एनआइसी एसिया क्यापिटलले जनाएको छ ।

यस योजनामा लगानी गर्न इच्छुक लगानीकर्ताहरुले ‘सिआश्वा’ खाता रहेको बैंक, वित्तीय संस्था वा मेरो सेयरमा ‘लगइन’ गरी अनलाइनमार्फत् आवेदन दिनसक्ने क्यापिटलले जनाएको छ ।