१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


ओरालोमा ट्रकको ‘ब्रेकफेल’पछि ठक्कर, दुईजनाको मृत्यु, पाँच घाइते


0
Shares

हेटौंडा, साउन ७ । हेटौंडामा एक भारतीय ट्रकको ठक्करबाट मंगलबार दुईजनाको मृत्यु भएको छ । पाँचजना घाइते भएका छन् ।

आधादर्जन सवारी–साधनमा क्षति पुगेको छ ।

मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका बसामाडी बस्ने अटोचालक सुजन ढकाल छन् । मृतक एकजनाको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

वीरगन्जबाट सामान लिएर हेटौंडा आउँदै गरेको ट्रक हेटौंडा उपमहानगरपालिका–१५, रातोमाटेमा ‘ब्रेकफेल’ भएर अनियन्त्रित भएको थियो ।

ट्रक ओरालोमा ब्रेकफेल भएपछि चालकले नियन्त्रण गुमाउँदा बाटोमा आइरहेका एक/एकओटा मोटरसाइकल, टेम्पो, टाटासुमो जिप, मिनिबस र बसलाई ठक्कर दिएर सडकछेउमा पल्टेको प्रहरीले जनाएको छ ।

घाइतेहरूको हेटौंडाको चुरेहिल अस्पतालमा उपचार भइरहेकोे छ ।